ग्रिन बुटीको म्याट्रेस किन्न मेगा बैंकको किस्ता सुविधा «

ग्रिन बुटीको म्याट्रेस किन्न मेगा बैंकको किस्ता सुविधा

मेगा बैंक नेपालले आफ्ना क्रेडिट कार्डका ग्राहकहरूलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।
ग्राहकहरुले भौतिक रूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
आईबोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आईबोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।
ग्राहकलाई छ महिना तथा एक वर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्