Logo

कर बुझाउने म्याद थप्न माग

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले कर बुझाउने मयाद थप गर्न सरकारलाई अनुरोध गरेको छ ।
हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले कर रकम बुझाउन सक्ने अवस्था नरहेकाले म्याद थप गर्न नाडाले आग्रह गरेको छ । वैशाख २५ गतेसम्म कर बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा हटाएसँगै एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्था मिलाउन नाडाले सरकारको ध्यानाकर्षण गराएको हो ।
सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूले आफ्ना वर्कसपमा रहेका अक्सिजन सिलिण्डरहरू अक्सिजन निर्माण उद्योगहरु मै बुझाउन पनि नाडाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्