कोरोना नियन्त्रणका लागि कोकाकोलाको ‘स्टप द स्प्रेड’ अभियान «

कोरोना नियन्त्रणका लागि कोकाकोलाको ‘स्टप द स्प्रेड’ अभियान

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि कोकाकोलाले २४ करोड रूपैयाँ प्रदान गरेको छ । नेपालमा कोका–कोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्री प्रदान गर्ने जनाएको छ । यस्तै कम्पनीले खोप तथा स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न देशभर जागरूकता फैलाउने प्रयास गर्नेसमेत जनाएको छ ।
कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोलाकम्पनीले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरूकता सिर्जना गरी महामारी नियन्त्रणमा सहजीकरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्