टाटा मोटर्सको विशेष छुट अफर «

टाटा मोटर्सको विशेष छुट अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोरोना भाइरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिका लागि विशेष योजना सार्वजनिक गरेको छ । यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पु¥याउने सम्पूर्ण व्यक्ति यो योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाबाहेक थप सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । जसमा एक लाख ५० हजार विशेष छुटका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज वोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा रोेयल्टी वोनसस्वरुप ३० हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ । गाडीहरुको होम डेलिभरीको सुविधा रहेको पनि जनाइएको छ । यो योजना १ मे २०२१ देखि ३१ मे सम्म रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्