डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव «

डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव

संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपश्चात अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ । अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आईसीयू र एचडीयूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘हामी निकै कठिन समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिनसँंग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीलाई भर्ना गर्न नसक्ने वास्तविकतामा पुगेका छौं,’ अस्पतालमा भएका बिरामी निको हुने बित्तिकै नयाँ केस हेर्ने अस्पतालले जनाएको छ । हाललाई अस्पताल सेवा पहिले नै संतृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौं,’ सूचनामा लेखिएको छ । अस्पतालले अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्ने बताएको छ ।
अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ । त्यसले दैनिक ११ जनालाई मात्रै अक्सिजन दिनसक्ने क्षमता छ । अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पु¥याउने व्यवस्था गरेको छ । डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड संक्रमित बिरामी छन् । तीमध्ये ३ जना भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ । अस्पतालमा आईसीयू बेड ८ र एचडीयू गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार छ ।

प्रतिक्रिया दिनुहोस्