Logo

मुगुमा अन्न उत्पादानमा कमी

हिमाली जिल्ला मुगुमा यस वर्ष गहुँ र जैको उत्पादन घटेको छ । समयमै वर्षा नभएकाले मुगुमा लगाइने हिउँदे अन्नबालीको यस वर्ष उत्पादन घटेको हो । जिल्लाको कुल ३ लाख २३ हजार ४ सय ५० क्षेत्रफलमध्ये अन्न तथा खेती योग्य १९ हजार ३ सय ४० क्षेत्रफलमा लगाइएको अन्न बाली राम्रो उत्पादन भए स्थानीयले कम्तीमा ६ महिना सहज रूपमा जीवन निर्वाह गर्दछन् ।
जिल्लाको सबै भन्दा बढी गहुँ, जै र उवालगायतका बाली उत्पादन हुर्ने छायानाथ रारा नगरपालिको कार्कीवाड, चैन, पिना, बालै, टोप्ला, ताल्चा र सोरु गाँउपालिकाको सीप, तारापानी, कालै सोरुकोट, कच्र्चे, भिई, नार्थपु, खत्याड गाँउपालिकाको गम्था, सेरी, श्रीकोट, रोल, रातापानीलगायतका ठाउँमा उत्पादन घटेको हो ।
अन्य हिमाली जिल्लामा गरिने खेती आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ । यो वर्ष हिउँदमा पानी र हिउँ नपर्दा कृषकले लगाएको अन्न बाली राम्ररी फस्टाउन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्