ग्यासको अभाव हुँदैन : निगम «

ग्यासको अभाव हुँदैन : निगम


नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नभएकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । ग्यासको आयात नियमित भइरहेको र पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव नहुने हुँदा आवश्यकता भन्दा बढी होल्ड नर्गन निगमले आग्रह गरेको हो ।
कोरोना महामारीको प्रभाव बढ्दै गएपछि बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले खाली सिलिण्डर भरेर राख्न थालेपछि खपत बढ्दै गएको छ । अभाव हुन सक्ने भन्दै उपभोक्ताले खाली सिलिण्डर एकै पटक भर्न थालेपछि माग बढन गएको हो ।
उपभोक्ताले घरमा खाली रहेका सिलिण्डर भर्नुका साथै नयाँ सिलिण्डरको खरिद गर्न थालेपछि माग बढेको निगमले जनाएको छ । निगम प्रवक्ता वीनितमणि उपाध्यायले ग्यासको आयात नियमित रूपमा भइरहेकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् । हरेक घरमा दुई चारवटा सिलिण्डर मौजुदा राख्ने थालेपछि माग बढेको निगमको उनको भनाइ छ ।
ग्यासको नियमित ढुवानी तथा बिक्री वितरण भइरहेको भन्दै खुद्रा बिक्रेतालाई कृत्रिम अभाव सिर्जना नगर्न पनि निगमले आग्रह गरेको छ । कोरोना भाइरसका कारण बजारमा माग बढे पनि आपूर्ति तथा वितरण मागअनुसार भइरहेको निगमले जनाएको छ ।
मासिक ३८ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएकामा हाल ४५ हजार मेट्रिक टन आपूर्ति गरिएको छ । माग बढेपछि निगमले सार्वजनिक बिदाका दिनमा पनि भारतबाट ग्यास आपूर्ति गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उद्योगसँग पर्याप्त मौज्दात रहेकाले ग्यासको अभाव नरहेको बताए । हल्दिया र बरौनी नाकाबाट ग्यासको आयात कम भएपनि बजारमा अभाव नभएको उनको भनाइ छ ।
अहिले उद्योगसँग १० हजार मेट्रिक टन ग्यास मौज्दात रहेको उनले जानकारी दिए । यसबाट सात लाख ग्यास सिलिण्डर भरिन्छ । सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख ग्यास सिलिण्डर खपत हुने गरेकोमा अहिले माग बढेकाले खपत पनि दोब्बर बढेको उद्योगीको भनाइ छ ।
केही समयमा ग्यासको माग बढी भएपनि नेपाल ग्यास बिक्रेता महासंघ नेपालले पनि ग्यासको अभाव हुने आशंकामा ग्यास डिलरमा थेग्नै नसक्ने गरी लाइन लागेको बताएको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निश्चित समयमा ग्यास बिक्री गर्न नसकेकाले पनि बढी भीडभाड लागेको जानकारी दिए । बिहान १० बजेसम्म मात्र पसल खुला गरेर बिक्री गर्न पाइने भएकाले सबै डिपोमा ग्यास पु¥याउन नसकेको उनको भनाइ छ । एकै चोटी धेरै माग आएपनि डिलरलाई पु¥याउन कठिन भएकाले पनि उपभोक्ताको भीडभाड धेरै लाग्ने र समयमा पाउन नसकेको उनको भनाइ छ ।
गत १६ गतेदेखि सरकारले उपत्यकामा निषेधाज्ञा गरेसँगै ग्यास डिलरमा उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । अत्यावश्यक वस्तुका पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्न पाइने छ । जसको कारणले गर्दा पनि डिलरमा ग्यास लिने उपभोक्ताको भीडभाड लाग्ने गरेको बिक्रेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्