दुईवटा प्रदेशमा प्रमुख फेरिए «

दुईवटा प्रदेशमा प्रमुख फेरिए

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छन् ।
सोमबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
यसअघि राष्ट्रपति भण्डारीले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् । नवनियुक्त प्रवेश प्रमुखले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्