प्रेसले प्रेस-स्वतन्त्रताको निर्बाध उपयोग गर्न पाइरहेका छैनन्
विश्व प्रेस स्वतन्त्रता दिवसको चुनौती
विश्वमा प्रेस स्वतन्त्रता दिवस सन् १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको हो । राज्यको चौथो अगंअन्तर्गत प्रेस तथा सञ्चारमाध्यमहरू पर्छन् । यसरी हरेक वर्षको ३ मेमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारको योगदानलाई सम्झना र सम्मान गर्दै मनाइन्छ । सन् २०१६ मा विश्वभरि ५९ जना पत्रकारको विभिन्न कारणबाट मृत्यु भएको थियो भने सबैभन्दा बढी सन् २०१५ विश्वमै पत्रकारिता क्षेत्रका निम्ति विपत्तिको वर्ष बन्यो । हालसम्मको तथ्यांक हेर्दा विश्वभर २ सय ६ सय ८० जनाभन्दा बढी पत्रकार तथा मिडियाकर्मीहरू मारिइसकेका छन् । यसमा खासगरीकन यी देशहरू मेक्सिको, पाकिस्तान, अफगानिस्तान, सोमालिया, भारत, फिलिपिन्सलगायत मुलुकमा पत्रकार र मिडियाकर्मीमाथि ज्यानै जानेसम्मका घटना बढी भएको पाइएको छ । यसै क्रममा गत वर्ष अफगानिस्तानमा १० जना, पाकिस्तानमा ९ जना, भारतमा ८ जना, फिलिपिन्स र सिरियामा ४÷४ जना, नाइजेरिया र यमनमा ३/३ जना पत्रकार मारिएका थिए । यसैगरी इराक, सोमालिया, बंगलादेश, क्यामरुन, होन्डुरस, पराग्वे, रसिया र स्वीडेनमा पनि पत्रकारको हत्या भएको थियो । केही वर्षअगाडि फ्रान्समा कार्टुन पत्रिका चार्ली हेब्दोमाथि आतंकवादी हमला भयो, जसमा नौ जना पत्रकार मारिए । धेरै पत्रकार मारिनेमा भारत, इराक र सिरिया परेकाले रिपोर्टर्स विथ आउट बोर्डर्सले भारतलाई पाकिस्तान र अफगानिस्तानभन्दा बढी खतरापूर्ण देश भनेको छ । भारतका ९ मध्ये ५ पत्रकार समाचारका कारण मारिएका र अन्य ४ को कारण नखुलेको पनि प्रतिवेदनमा जनाइएको थियो । यसरी पत्रकारका लागि सबैभन्दा सुरक्षित देश फिनल्यान्ड मानिएको छ भने नर्वे, डेनमार्क, नेदरल्यान्ड, स्वीडेनलगायतका २० देश राम्रो मानिएका छन् । सूचीमा नेपाल १ सय ५ औं सुरक्षित स्थानमा छ भने दक्षिण एसियामा पाकिस्तान बढी असुरक्षित देश ठहरिएको छ । सूचीमा पाकिस्तान १ सय ५९ नम्बरमा छ भने बंगलादेश १ सय ५६ औं स्थानमा छ । तालिवानी हमला झेलिरहेको अफगानिस्तानभन्दा भारत पत्रकारका लागि बढी असुरक्षित देखिएको छ । सूचीमा भारत १ सय ३६ औं नम्बरमा छ भने अफगानिस्तान १ सय २२ औं स्थानमा छ ।
वर्तमान सरकारले देशको पहिलो सरकारी छापा माध्यम गोरखापत्र प्रकाशन भएको १९५८ वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा प्रत्येक वर्ष मनाउने गरेको छ । यो देशको सबैभन्दा जेठो प्रकाशनका रूपमा रहेको छ । यो प्रकाशन हालसम्म आइपुग्दा झन्डै १ सय २१ औं वर्षमा पुग्न लागेको छ । त्यसैअनुसार केही वर्षअगाडिदेखि वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइँदै आएको छ । यसैक्रममा छापा माध्यममा नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन हो, जुन बनारसबाट प्रकाशित थियो । त्यसैगरी स्वदेशबाटै १९५५ मा प्रकाशित पहिलो नेपाली भाषाको पत्रिका सुधा सागर हो । तर, अहिले आएर गोरखापत्र प्रकाशन मितिलाई आधार मानिएको छ । हाम्रो देशको कुरा गर्ने भने २०७२ वैशाख १२ र २९ गते गएका भूकम्पका कारण १ हजार ८ सय १३ जना पत्रकार र सञ्चार गृहहरू प्रभावित भएका थिए । गोरखापत्रमा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौंमा र रेडियो प्लानेटमा आबद्ध कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने भूकम्पमा परी घाइते भएका नेपालगन्जबाट प्रकाशित दैनिक नेपालगन्जको व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भयो । त्यसैगरी भूकम्पबाटै ३५ जना पत्रकारले नजिकका आफन्त गुमाउनुप¥यो । त्यसैगरी १४ जना पत्रकार आफंै घाइते भए भने २० जनाका आफन्त घाइते भए । यसरी भूकम्पले २ सय ६६ सञ्चार गृहमा भौतिक क्षति पु¥यायो । त्यही वर्ष उदयपुरका पत्रकार रामप्रसाद भट्टराई (सचिन) सुनसरीको इटहरी–धरान सडकखण्डमा मृत अवस्थामा भेटिए । बेपत्ता भएको एक सातापछि सडकमा मृत अवस्थामा भेटिएका उनको शवलाई प्रहरीले बीपी मेमोरियल अस्पताल धरानको शवगृहमा पु¥याएपछि पत्रकार र आफन्तले शव पहिचान गरी पत्रकार भट्टराई मारिएको ठहर गरेका थिए । यसपछि कोरोना बढ्दो प्रकोपलगायत मधेसवादी दलको आन्दोलन र भारतीय नाकाबन्दीको प्रभाव पत्रकार र मिडियामा प्रत्यक्ष रूपमा प्रभाव परेको छ । आमजनतालाई सुसूचित गर्ने पत्रकार र मिडिया नै आफैं यस्तो प्रताडनाबाट झन् नराम्ररी पिल्सिन बाध्य भएका छन् । उनीहरू आन्दोलनरत र सरकारी पक्षको दोहोरो मारमा परिरहेका छन् । पत्रकार तथा सञ्चारकर्मीमाथि भौतिक र पेसागत सुरक्षाको खतरा बढ्दै गएको छ । एकातिर उनीहरूले प्रेस स्वतन्त्रताको निर्बाध उपयोग गर्न पाइरहेका छैनन् भने अर्कातिर रोजीरोटीको समस्याबाट दिनदिनै आक्रान्त भइरहेका छन् ।
अन्त्यमा भन्नुपर्दा नेपाली पत्रकारिताका निम्ति पनि यो वर्ष कोरोनाको महामारीका कारणले गर्दा एक वर्षभन्दा बढी समय बित्दा पनि देशमा पत्रकारहरूमाथि मृत्यु वरणदेखि लिएर अनेक समस्याहरू झेल्नुपरेको स्थिति खट्किएको छ । मूलतः विश्वभरका पत्रकारिताका पत्रकारहरू पनि कोरोनाविरुद्धमा लडिरहनुपरेको छ । हाम्रो छिमेकी देश भारतमा मात्र एक महिनाको अन्तरालमा ५० जना सञ्चारकर्मीको कोरोनाले मृत्यु भएको छ । देशको कुरा गर्ने हो भने प्रेसको इतिहासमा गोरखापत्र नै पहिलो समाचारमूलक पत्रिका हो । तसर्थ राणा प्रधानमन्त्री देवशमशेरले २४ वैशाख १९५८ बाट गोरखापत्र प्रकाशनको सुरुवात गरेका थिए । साप्ताहिक पत्रिकाबाट सुरु भएको गोरखापत्र २००० देखि हप्ताको दुई पटक र २००३ पुसदेखि हप्ताको तीनपटक प्रकाशन हुन थालेको थियो । जनतालाई सुसूचित गराउनेभन्दा पनि राणाशासनको गुणगान गाउने उद्देश्यले प्रकाशनमा आएको गोरखापत्रले ७ फागुन २०१७ देखि दैनिक रूपमा प्रकाशन थालेको हो । २०४६ सालको आन्दोलन होस् या १० वर्षे सशस्त्र द्वन्द्व या २०६२÷०६३ को जनआन्दोलन होस्, हामीले पाएको सूचना अनि ताजा अपडेटहरू दिन धेरै जना पत्रकारले पसिना बगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्यान नै गुमाउनुपरेको थियो । हालको कोरोना महामारी र विगतका वर्ष भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरूमा नराम्रोसँग प¥यो । मानवीय तथा भौतिक क्षतिका दृष्टिले विगतका विभिन्न वर्ष विपत्तिको वर्ष रह्यो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोधका दृष्टिले संकुचनको वर्ष रह्यो । नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन एकाइको अभिलेखअनुसार सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १ सय ३६ घटना भए, जसमध्ये करिब ८५ प्रतिशत (१ सय १४ वटा) घटना करिब साढे चार महिनादेखि जारी पछिल्लो तराई–मधेस आन्दोलनका क्रममा मात्र भएका छन् । आन्दोलनका क्रममा दुवै पक्षबाट पत्रकारहरूमाथि आक्रमणका ३३ वटा घटना भए भने दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भए । यसैगरी चारवटा सञ्चार गृहमा भौतिक आक्रमणका घटना भए । यस वर्ष ५ पत्रकारमाथि मानसिक यातनाका घटना भए, १२ जनामाथि ज्यान लिने उद्देश्यले आव्रmमण भए भने १३ जना आफ्नो पेसाबाट वञ्चित गराइए । त्यसैगरी काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ वटा घटना पनि यस वर्ष नेपाली सञ्चार जगत्ले बेहोर्नुप¥यो । पत्रपत्रिकाको वितरणमा अवरोध जारी रहनुका साथै टेलिभिजनको प्रसारणसमेत प्रभावित बनाइयो ।
यस्तै, सन् २०२० मा विश्वभर ६५ जना पत्रकार मारिएका थिए । तथापि पत्रकारहरूले आफ्नो कार्य क्षेत्रमा खटिँदा सांघातिक आक्रमण, बम विस्फोट र झडपमा परी ती पत्रकार र मिडियाकर्मी मारिएका विश्वभरका पत्रकारको छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्ट (आईएफजे) ले जनाएको छ । यसर्थ पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा मेक्सिको पत्रकारहरूका लागि सबैभन्दा असुरक्षित देखिएको छ । यस अवधिमा मेक्सिको चार पटकसम्म सबैभन्दा बढी पत्रकार हत्या हुने मुलुकको शीर्ष स्थानमा समेत रह्यो । गत वर्ष मात्रै त्यहाँ १४ जना पत्रकारको हत्या भएको छ । यहाँ धेरैजसो पत्रकार आपराधिक समूह र व्यक्तिको निसानामा पर्ने गरेको आईएफजेको प्रतिवेदनमा उल्लेख छ ।