भारतबाहेका अन्तर्राष्ट्रिय उडान बिहीबारबाट बन्द «

भारतबाहेका अन्तर्राष्ट्रिय उडान बिहीबारबाट बन्द


सरकारले आगामी बिहीबार राति १२ बजेपछि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिकमा सोमबार राति १२ बजेदेखि र अन्तर्राष्ट्रियतर्फ भने भारत बाहेकका देशबाट हुने उडानमा २३ गते राति १२ बजेदेखि उडानमा रोक लगाएको छ ।
यता भारतसँग भने सातामा २ वटा हवाई उडान भर्ने गरी नेपाल–भारतबीच भएको एयर बबल मोडेलमा उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटा उडानमा सीमित सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आइतबार जारी गरेको निर्णयमा भनिएको छ ।

यात्रुहरू क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गर्ने जिम्मेवारी विभागीय मन्त्रत्रालय र नेपाल प्रहरीको संयुक्त टोलीले गर्नेछ । यसरी हुने उडानमा पीसीआर रिपोर्ट पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्ने व्यवस्था संकेत निर्णयमा भनिएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।
गत पुसमा १० महिनापछि एयर इन्डियाले काठमाडौंमा उडान भरेको थियो । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गत मार्चमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि काठमाडौं–दिल्ली उडानमा बन्द भएको थियो । सरकारले एयर–बबल मोडलमा मात्र उडान गर्ने गरी व्यावसायिक उडान सुरु गरेको थियो । यसरी हुने उडानमा नेपाल र भारतका नागरिकले मात्र उडान यात्रा अनुमति पाउने छन् । सो बाहेकका नागरिकले उडान अनुमति पाउने छैनन् भने कूटनीतिक नियोगका लागि उडान भर्ने देशको अध्यागमन विभागबाट उडान यात्राको अनुमति स्वीकृत गरेपछि मात्र सो नागरिकले उडान गर्न पाउने नियम रहेको छ ।
नेपाल वायु सेवा निगमले दैनिक १ उडान र एयर इन्डियाले १ उडान भरिरहेको थियो । निगमले काठमाडौं–दिल्ली मंसिर २४ गतेबाट नियमित उडान गरेको थियो भने एयर इन्डियाले ९ पुसबाट दिल्ली–काठमाडौं उडान भरेको थियो ।

प्रतिक्रिया दिनुहोस्