Logo

भैरहवाको लगातार दोस्रो जित

 भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।  भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए । बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई-दुई, रायन टेन डेसचाटे र अभिनाश बोहराले एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२-१२ रन जोडेका थिए । चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार (आज) पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियससँग खेल्नेछ । मंगलबार नै भएको अर्को खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानुअघि विराटनगरका लागि आसिफ शेखले सर्वा्धिक १९ रनको योगदान दिएका थिए भने करण केसीले १५, रोबिन क्षेत्री र हरि चौहानले समान १२-१२, भान डेर मेर्वीले ११ तथा कप्तान पारस खड्काले एक रन जोडेका थिए । पोखराका विपीन खत्रीले तीन तथा सुसन भारी, विक्रम सोब र पाउल कलीनले समान दुई-दुई विकेट झारे । त्यसअघि पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । पोखराले १९ रन जोड्दा चार विकेट गुमाएको थियो । पोखराका पाउल कलीनले सर्वाधिक २० रन जोडे भने राजेश पुलामी मगरले १७, रिचर्ड लेभी तीन तथा कप्तान कोएट्जरले चार रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले तीन तथा भान डेर मेर्वीले दुई विकेट लिए । जितसँगै विराटनगरले दुई खेलबाट चार अंक जोडेको छ । लगातार तेस्रो हार बेहोरेको पोखरा दोस्रो चरणमा पुग्ने सम्भावना न्यू हुँदै गएको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्