मंगलबारसम्म मौसम सुधार नहुने «

मंगलबारसम्म मौसम सुधार नहुने

भोलि मंगलबारसम्म मौसममा सुधार नहुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आइतबार मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
महाशाखाले ३ दिनसम्मको मौसम पूर्वानुमान गर्छ । बुधबारपछिको मौसम के हुने भन्ने विषयमा अहिल्यै थाहा नहुने महाशाखाले बताएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको न्यून चापीय प्रणाली तथा स्थानीय र पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भएको बताइन् । “अझै पनि ३ दिनसम्म सुधार हुँदैन । हामी ३ दिनसम्मको मात्रै जानकारी दिन सक्छौ,ं” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्