Logo

मेटलाइफ नेपालले गर्यो ‘कोभिड केयर’ सहायता कार्यक्रम

कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगका लागि मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको सुरूवात गरेको छ । जसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ दिन भित्रै बिमा भुक्तानी सेवा प्रदान गरिनेछ ।
बिमा दाबीका लागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ। बीमितले बीमा दाबी भुक्तानी तोकिएै समय भित्रमा सोझै आफ्नो खातामा पाउने कम्पनीको दावी छ । यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परीक्षण प्रदान गर्ने सुविधा पनि समावेश गरिएको छ । साथै, डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारहरुका लागि २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधि सहयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्