कर्णाली प्रतिष्ठानको लापरबाही
महामारीमा पनि अक्सिजन उत्पादन भएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आफ्नै लापबाहीले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न सकेको छैन । करिब २ करोड २० लाख खर्चेर २०७६ सालमा ल्याएको अक्सिजन प्लान्ट मेसिन अहिलेसम्म प्रयोगविहीन अवस्थामा छ । जुम्लामै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्ने भन्दै दुई वर्ष पहिले ल्याइएको अक्सिजन प्लान्टबाट कोरोना महमारीमा समेत अहिले सम्म एकवटा पनि अक्सिजन सिलिण्डर उत्पादन हुन सकेको छैन ।
प्रतिदिन करिब १० वटा सिलिण्डर अक्सिजन उत्पादन हुने, जुम्लामा अक्सिजन अभावले बिरामी छटपटाउनु नपर्ने जस्ता आश्वासन दिएको प्रतिष्ठानले कोरोना महामारीमा समेत अक्सिजन उत्पादन गर्न नसकेको भन्दै नागरिक अगुवा राजबहादुर महत आक्रोश पोखे ।
साथै बत्ती अभावले अक्सिजन प्लान्ट सुचारु हुन नसकेको गत वर्ष गुठिचौर गाउँपालिकाबाट ६० लाखमा १० किलोवाट बत्तीसमेत खरिद गरिएको थियो । त्यसपश्चात पनि नियमित अक्सिजन उत्पादन गर्न नसकि प्रतिष्ठानकै परिसरमा अक्सिजन प्लान्ट थन्किएको छ ।
अहिले प्रतिष्ठानमा हाल २ सय अक्सिजन सिलिण्डर स्टक छन् । जसमा १ सय ५० वटा सिलिण्डर कोरोनाका विरामीलाई छुटाइएको छ । संक्रमित नियमति बढिरहेका छन् । दैनिक १० जनाका दरले संक्रमित थपिएमा १५ दिनभन्दा बढी अक्सिजनले नधान्ने अवस्था छ ।
तर, अक्सिजन प्लान्ट हुँदा हँुदै पनि प्रतिष्ठानले चासो नदिएकै कारण कोरोना महामारीमा समेत अक्सिजन उत्पादन नभएको प्रतिजिल्ला समन्वय समितिका उपप्रुखम कार्मा बुढाले आपत्ति जनाएका छन् । फेरि पनि बत्तीको समस्या देखाउँदै उत्पादन हुन नसकेको कुरा आएको छ । तर, यथाशीघ्र प्रतिष्ठानले अक्सिजन प्लान्ट संचालनमा ल्याउनुपर्ने उनको जोड छ ।
शनिबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले पनि तत्काल अक्सिजन प्लान्ट संचालन ल्याउन समेत आग्रह गरेको छ । करोडौ खर्च गरेर मेसिन ल्याउने तर सेवा सुचारु गर्न ढिलासुस्ती नगर्नसमेत प्रतिष्ठानलाई डिसिसिएमसिको बैठकले ध्यानकर्षण गराएको सहायक प्रअिज नन्दराम चौलागाईंले बताए ।
यता प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजीव शाह बत्तीको व्यवस्था भए पनि तत्तकालै अक्सिजन उत्पादन गर्ने सम्भावना नरहेको बताउछन् । उनल भने, “बत्तीको अभाव छँदैछ । अक्सिज प्लान्ट संचालन गर्न चाहिने मुख्य साधन(बुस्टर) नै छैन् । खरिद प्रक्रियामै छौ । छिट्टै अक्सिजन उत्पादन हुनेगरी तयारीमा जुटेका छौं ।”
सिलिण्डर उत्पादन गर्न नसके पनि हाल अक्सिजन प्लान्टको पाईपबाट २० देखि २२ बेडमा अक्सिजन दिइरहेको समेत निमित्त अस्पताल निर्देशक शाहको भनाई छ । जुम्लाको २ सय किलोवाट बत्ति नियमित प्रतिष्ठानलाई दिएमा पनि २४ घण्टमा ५ देखि १० वटा सिलिण्डर मात्रै भर्न सक्ने उल्लेख गरे । बाहिर जिल्लामा पनि सिलिण्डर नभएको र भए पनि सारै महंगो पर्ने भएकोले जिल्लामै उत्पादन गर्नुको विकल्प छैन । तर, प्रतिष्ठानले निकै गम्भीरताका साथ लिन जरुरी छ ।
तर सदरमुकामनै अन्धकार रहेर प्रतिष्ठानलाई सबै बत्ति दिन सरोकारवाला तयार रहे पनि प्रतिष्ठान संग तत्तकाल अक्सिजन उत्पादन गर्ने सामाथ्र्य छैन् । जसका कारण जुम्लामा अक्सिजन अभावको समस्या खडा भएको छ । कोरोना महामारी फैलिएका बेला कर्णाली प्रतिष्ठानले अक्सिजन उत्पादन गर्ला, कर्णालीमा अक्सिजनको अभाव नहोला भनेर ढुक्क भएका कर्णालीबासी भने निराश भएका छन् ।