वैशाख २७ मा संसद् अधिवेशन आह्वान «

वैशाख २७ मा संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन् । आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख २७ गते सोमबारका दिन दिउँसो १ बजे बैठक आह्वान गरिएको हो । सोही दिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्