रू रू जलविद्युतको आईपीओ सूचीकृत
नेप्सेमा रू रू जलविद्युत् परियोजना लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ आइतवार सूचीकृत भएको हो । अब यो सेयर सोमबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ११८.८४ देखि ३५६.५२ तोकेको छ । नेप्सेले पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले आईपीओको बाँडफाँट गत वैशाख ३ गते गरेको थियो । ३७ हजार ९१६ जनाले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए । बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता शेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनालाई १÷१ कित्ताका दरले थप पाएका हुन् ।
कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार ५३५ जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
कम्पनीले गत चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियसहित प्रतिकित्ता १२० रूपैयाँमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुको लागि र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावट क्षमताको रू रू जलविद्युत् परियोजना निर्माण गरी वि.स २०७१ चैत ९ गतेदेखि व्यापारीक उत्पादन सुरू गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४.३६ मेगावट विद्युत् उत्पादन भइरहेको कम्पनीले जानकारी गराएको छ ।