सिद्घार्थ बैंकको नयाँ वेबसाइट सञ्चालनमा
यस बैंकले आफ्नो नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । आफ्नो वेबसाइटलाई परिष्किृत र परिमार्जन गरी अझ बढी ग्राहकमैत्री बनाई ग्र्राहकलाई सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालनमा ल्याएकोे बैंकले जनाएको छ ।
आधुनिक र नविनतम प्रविधिको प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै मोबाइल एवं कम्प्युटरबाट चलाउन सकिने बैंकले जनाएको छ । ग्राहकहरूले कुनै पनि गुनासो तथा विषयहरूलाई सहज ढङ्गले सम्बोधन गर्न विभिन्न सुविधहरू पनि उपलब्ध रहेको बताइएको छ ।
त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको जनाएको छ ।
आगामी दिनमा अझ सहज विद्युतीय बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै जाने बैंकले प्रतिवद्धता जनाएको छ ।