युनाइटेड इन्स्योरेन्सको सीइओमा पौडेल «

युनाइटेड इन्स्योरेन्सको सीइओमा पौडेल

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरिएको हो । पौडेल ३४ वर्षको उमेरमा बिमा कम्पनीको पहिलो महिला सीइओ बनेकी छिन् । उनको बिमा क्षेत्रमा एक दशकको अनुभव छ ।
भारतको दिल्ली विश्व विद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबिए गरेकी छिन् । उनी भारतमा बिमा क्षेत्रमा काम गरेकी थिइन् । यसअघि पौडेल युनाइटेडको निमित्त सीइओ थिइन् ।

प्रतिक्रिया दिनुहोस्