सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनको अनुमति «

सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनको अनुमति

सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको ७५ करोड ऋणपुँजी रकम बराबरको ऋणपत्र ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७’ लाई इकाई निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) एक हजार रूपैयाँ अंकित ७ लाख ५० हजार युनिट डिबेञ्चर निश्कासनको तयारी गरेको बेकले जनाएको छ ।
उक्त ७५ करोड रूपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कुल ४५ करोड रूपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ३० करोड बराबरको ऋणपत्र (सोमध्ये ५ प्रतिशत अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ ।
ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउने पनि जनाएको छ । बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिबेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्