क्लासिकटेकको इन्टरनेटमा छुट «

क्लासिकटेकको इन्टरनेटमा छुट

इन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले तुफान अफर सार्वजनिक गरेको छ । कोभिडका कारण जारी भएको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो । निषेधाज्ञाका समयमा घरमा बसेर गरिने कार्यालयको काम र अनलाइन कक्षालाई मध्येनजर गरेर उक्त अफर ल्याइएको कम्पनीले बताएको छ ।
उक्त अफरमा सेवाग्राहीले ५० एमबिपिएसदेखि एक सय एमबिपिएससम्मको हाइ स्पिड इन्टरनेट र फ्री आइपिटिभी पाउनेछन् । अफरमा ५० एमबिपिएसदेखि अन्तर्गत भ्याट बाहेक प्रति महिना १ हजार २ सय २५ को दरमा एक वर्षको लागि १५ हजार रूपैयाँमा २ वटा टिभी निःशुल्क हेर्न पाइने छ ।
८० एमबिपिएस अन्तर्गत ३ वटा टिभी प्रतिमहिना १४ हजारका दरले १६ हजार ८ सय र १ सय एमबिपिएस अन्तर्गत ३ वटा टिभीप्रति महिना १८ हजारको दरले २१ हजार ६ सयमा जडान गर्न सकिने छ । कम्पनीले रिचार्जमा अफर दिएको छ । जसमा ग्राहकले ५० एमबिपिएस, ८० एमबिपिएस र सय एमबिपिएसमा रिजार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्