हुण्डाइको हटलाइन सेवा सुरू «

हुण्डाइको हटलाइन सेवा सुरू

हुण्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरूको लागि हटलाइन सेवाको सुरूवात गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरूलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरू गरिएको कम्पनीले जनाएको छ ।
आफ्नो ग्राहकहरूप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको हुण्डाइले जनाएको छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप रहेको बताइएको छ । यो सेवा काठमाडौं उपत्यकाका लागि सूचारू गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्