Logo

स्वास्थ्य जाँचबिना गाउँ प्रवेशमा रोक

जुम्लामा बाहिर जिल्लाबाट आउने जोसुकै नागरिकले अनिवार्य रुपमा स्वास्थ्य जाँच नगरे सम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरिएको छ । जुम्लामा आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाहिर जिल्लाबाट भित्रिने जोसुकैले स्वास्थ्य चेकजाँच नगरे सम्म गाउँ प्रवेश गर्न नपाउने निर्णय गरेको हो ।
बाहिरबाट आउने व्यक्तिको स्वास्थ्य चेकजाँचका लागि आठै स्थानीयतहमा सीआईसिटी(कोरोना परीक्षणमा खटिने तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली) परिचालन गरिने भएको छ बाहिरबाट आउने हरेक व्यक्तिले गाउँ प्रवेश गर्नुपहिला अनिवार्य स्वास्थ्य जाँच गराउनु पर्ने र स्वास्थ्य जाँच गरेको कार्ड लिएपछि मात्रै गाउँ प्रवेश गर्न पाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।
उनका अनुसार बैठकले दोस्रो चरणमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि प्रत्येक स्थानीय तहले कोरोना भाइरस नियन्त्रण आफू अनुकूल रणनीति योजना बनाएर कार्यन्वयन गर्ने निर्णयसमेत भएको छ ।
कोभिड संक्रमित विरामीलाई बोक्न एम्बुलेन्सको व्यवस्थापन गर्नका लागि ३ दिनभित्र विपद व्यवस्थापन समितिको खातामा आठै स्थानीयतहले १÷१ लाखका दरले बजेट जम्मा गर्ने, जिल्ला बाहिर भित्र गर्नेको रकेर्ड राख्न, कोरोना संक्रमण र पालिका भित्रको अवस्थाबा बारेमा अभिलेख राख्ने र प्रत्यक दिनका दिउसो २ बजे प्रशासन कार्यालयमा जानकारी गारनउे निर्णय भएको समेत सहायक प्रजिअ चौलागाईंले जानकारी दिए ।
संक्रमित बिरामीलाई अस्पताल ल्याउन लैजान लागि पर्याप्त एम्बुलेन्स नभएकोले नीजि क्षेत्रबाट सोही प्रकृतिको सवारीसाधन भाडामा लिइ व्यवस्थापन गर्ने, सवारीसाधनलाई कोभिड मैत्री बनाउनका लागि प्राविधिक सहयोग नेपाली सेनाको नन्दबक्स गणले जिम्मेवारी लिने,सवारीसाधनको पाटेसन खर्च भाडा खर्च, इन्धन खर्च प्रत्येक नगरपालिका र गाउँपालिकाले चार महिनाको लागि १÷१ लाख रुपैयाँ तीन दिन भित्र जिल्ला प्रशासन कार्यालय जुम्लाको खातामा जम्मा गरेर भौचर पेस गर्नुपर्ने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन बाहिरी जिल्लाबाट आपूर्ति सहज रुपमा हुन सक्ने सम्भावना नभएकोले प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टबाट अक्सीजन उत्पादनलाई वृद्धि गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
कोरोना भाइरसका कारण संक्रमितको मृत्यु भएमा मृतकको शव लैजानका लागि सडक डिभिजन कार्यालय संग शवबहान बनाउनका लागि टिप्पर माग गर्ने, शव व्यवस्थापनका लागि आवश्यक पीपीइ समेतका सामाग्री जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले नेपाली सेना संग समन्वय गरी तयारी अवस्थामा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्