Logo

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने

सिर्जना फाइनान्सको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम सेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।
संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक समक्ष स्वीकृती लागि पठाउने निर्णय गरेको छ । संस्थापक सेयरधनीहरुले आफनो नाममा कायम सेयर मध्ये ५१ प्रतिशत सेयर कायम रहनेगरी आवश्यक अनुपात अनुरुप सर्वसाधारण सेयरमा परिणत गर्ने सहमतिको स्वघोषणा वा सर्वसाधारण समूहमा परिणत गर्ने वा नगर्ने भएमा जानकारी गराउन कम्पनीले भनेको छ ।
सूचना प्रकाशित भएको १५ दिनभित्र सर्वसाधारण सेयरमा परिणत गर्ने वा नगर्ने भएमा सोही अनुसारको जानकारी गराउन पनि कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्