राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ महामेलाका विजयी घोषणा

राष्ट्रिय वाणिज्य बैंकको आरबिबि मोबाइल बैंकिङको प्रवर्द्धनका लागि भएको महामेलाका नौ जना बिजेताहरु चुनिएका छन् । गत चैत ५ गतेदेखि वैशाख ५ गतेसम्म एफवान सफ्टको सहकार्यमा सञ्चालन भएको आरबिबि मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट छनौट भएका नौ जना विजयीहरुको नाम घोषणा गरिएको हो ।
नयाँ मोवाइल बैंकिङ प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुरका रुपमा मेगा पुरस्कार प्याकेज पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसङ ग्यालेक्सी एम ओ एम कोर ब्राण्डको मोवाइल फोन सेट प्राप्त गरेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबिबि मोबाइल बैंकिङ महामेला सञ्चालन गर्दै आएको जानकारी दिएको छ । बैंकका अनुसार यसको लागि बैंकको मोबाइल बैंकिङबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । बैंकसँग खाता खोली मोवाइल बैंकिङबाट डिजिटल कारोबार गर्दा छुटलगायत उपहार पाउने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङका ग्राहक रहेको पनि बैंकले जनाएको छ ।