कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान «

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबिएल ऋणपत्र २०७८ ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ (ऋणपत्र) लाई नेप्सेको सो अंक प्रदान गरिएको हो ।
गत माघ २२ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको हो । उक्त परिचय अंक अन्तर्राष्ट्रियस्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्