सिटी एक्सप्रेस मनी ट्रान्सफर र फेडरल एक्सचेन्जबीच कारोबार
युएइको ख्याति प्राप्त फेडरल एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरू भएको छ । युएइमा रहेका नेपालीले फेडरल एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीको भनाइ छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्रटण्डन र फेडरल एक्सचेन्जका तर्फबाट महाप्रबन्धक राजा आरआर लियानागेले हस्ताक्षर गरेका छन् ।