गणपति माइक्रो फाइनान्सको दोस्रो वार्षिकोत्सव «

गणपति माइक्रो फाइनान्सको दोस्रो वार्षिकोत्सव

 गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सोमबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा वित्तीय संस्थाले राधाकृष्ण वृद्धा आश्रममा रहेका ४५ जना वृद्धा आमा, बुवा तथा १८ जना गुरुकुलका बटुकलाई खाना खुवाई, प्रत्येक बटुकहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।
यस वित्तीय संस्थाले १४ जिल्लामा २४ वटा शाखा कार्यालयहरूमार्फत जम्मा ११,७८५ घर परिवारमा वित्तीय सेवा पु¥याइ रहेको र लगानीमा रहिरहेको कर्जा रकम ६३ करोड ७० लाख छ । साथै वित्तीय संस्थाले हालसम्म १६ करोड ७० लाख रुपैयाँ बचत संकलन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्यूतराज सापकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्