गरिमाको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल «

गरिमाको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

गरिमा विकास बैंकले एनआईबिएल एस क्यापिटललाई ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
बंैकले एक हजार रुपैयाँ अंकित दश लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।
बैंकले २०६४ साल असोजबाट वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो । बैंकका हाल ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु सञ्चालित छन् ।
उक्त सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्