बैंक अफ काठमाडौं आईएमई पे वालेटमा आबद्ध

आईएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडको खातामा लिंक गरी आईएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आईएमई पे वालेटमा बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने जनाएको छ । साथसाथै बैंक अफ काठमाडौंका सेवाग्राहीले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । आईएमई गु्रपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र बैंक अफ काठमाडौंबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको पनि बैंक अफ काठमाडौं लिमिटेडले जनाएको छ ।