Logo

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशत

राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो । हालको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढी रहेको छ ।
बैकले प्रकाशित गरेको लेखा परीक्षण नभएको वित्तीय विवरणअनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेको छ भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रहेको बेकले जनाएको छ । बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बंैकको सेयर पुँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजारसहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख ७५ हजार रहेको छ ।
हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन् । बैंकको केन्द्रीय कार्यालयसहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत आफ्ना सदस्यलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्