Logo

नेपाल वायुसेवा निगमको टिकटमा डिजिटल भुक्तानी सेवा

नेपाल वायुसेवा निगमले नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू गरेको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको सुरुवात गरेका हुन् ।
निगमका महाप्रवन्धक पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए । उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाउँ गाउँबाट पनि टिकट काट्न र भुक्तानी गर्न सहज हुने बताए ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्