चट्टान फोडेर नाग्म–गमगडी सडक चौडा बनाइयो
कडा चट्टान फोडेर नाग्म–गमगडी राजमार्गलाई चौडा बनाइएको छ । राजमार्गको जिअस्थित कडा चट्टानलाई फोडेर विगतको भन्दा करिब ३ मिटर चौडा सडक निर्माण गरिएको हो ।
कठिन ढुंगाको चट्टानका बिचबाट खोलिएको सडक खण्डको चौडाइ पहिला ४ मिटर मात्रै थियो । गाडी साइट लगाउनसम्म नमिल्ने,दुर्घटनाको जोखिम थियो । तर, चट्टानलाई फोडेर हाल करिब ७ मिटर चौडा बनाएपछि यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।
क्रमिक रुपमा सुधार भइरहेको नाग्म–गमगडी सडकअन्तर्गत जिअ भिडको चट्टान फोडेपछि यात्रा झनै सहज हुने भएको छ भने बुलबुल साईटमा सडक ग्राभेल पनि भइसकेको छ । रारा आउने पर्यटन तथा अन्य यात्रुको सहज यात्राका लागि सडक डिभिजन जुम्लाको लगानी र ठेकेदारको सक्रियामा सडक स्तरवृद्धि दुर्त गतिमा भएको हो ।
यातायातमा डर लाग्ने विशेषगरी सार्वजनिक ठूला गाडीहरु हिड्न कठिन जिअ मोडको जोखिम क्षेत्रमा करिब १ हजार आठसय मिटर सडक सडक चौडा बनाइएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताए ।
प्रमुख भण्डारीले भने, “नाग्म गमगडी राजमार्गकै कठिन क्षेत्र भएको जिअ भिड क्षेत्र हो । अनुगमन पश्चात् निर्माण शुरु गरेका हौ । थोदुङ कन्स्टक्सनले जिम्मा लिएको सकड चौडा कार्य निर्धारित समयमैै सकिएको छ ।”
करिब २ करोड २० लाखको लागतमा डेढ किलोमिटर सडक चौडा बनाईएको हो । तर काम सम्मपन्न भएपनि भुत्तानी दिन भने बाँकि रहेको प्रमख भण्डारीको भनाई छ ।
अन्य भागमा पनि सडक सुधार हुदै
जिअको कडा चट्टान फोडेर करिब डेढ किमि सडक चौडा बनाएको छ । भने ९३ किमि दूरी रहेको उत्त सडक खण्डको अन्य भागमा पनि स्तरबृद्दि कार्य तिब्र गतिमा भइरहेको छ । यो आर्थिक वर्षमा गाडी सजिलै गुड्ने गरी काम भइरहेको डिभिजन सडकले जनाएको छ । अधिकाशंस ठाउँमा दुईलेनको फराकिलो सडक निर्माण भएको छ । नाला निर्माण,पर्खाल निर्माण,ग्राभेलको काम धमाधम भईरहेको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारिको भनाई छ ।
उनका अनुसार सबैभन्दा बढी हिलो क्षेत्र सिञ्जाको घोडेड्गामा सुधार भएको छ । भने,गुठिज्यूला, रोकायावाडा, कालिकोखेतु लगायतका ठाउँमा सडक चौडा तथा ह खाल्डाखुल्डी पुरेपछि सिंजा हुँदै रारा ताल जाने पर्यटकहरुलाई समेत राहत भएको छ । यसैगरी जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखी सातमोड सम्म सडक ग्राभेल भएकोले अब बर्खायाममा पनि सजिलै सवारी गुड्ने भएका छन् ।
अब मुगु क्षेत्रको अलिकति पिनाको अगाडि थोरै ग्राभेल र ताल्चाको उकालोमा ग्राभेल हुन बाँकी रहेको र यही आर्थिक वर्षमा बनाउने सरकारको लक्ष्य रहेको कार्यालयले जनाएको छ । सिञ्जा क्षेत्रको नाग्म गमगडी राजमार्गको १३ किलोमिटर बाँकी ग्राभेल पनि शुरु गर्न थालिएको छ । स्थानीय बलबहादुर शाही र सुभास महतले कामको जिम्मा लिएर काम थालिएको बताए ।
सो राजमार्गमा भने योजना अनुसारको काम सम्पन्न गर्न आवश्यक बजेट २० करोड रहेको छ । डिभिजन प्रमुख भण्डारीका अनुसार सो बजेट माग गरिएको र चाडै आउने आशा भएको बताए । नाग्म गमगडी राजमार्गमा निर्माण व्यवासयीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाई भएको समयमा यस वर्ष भने कामहरु भईरहेको स्थानीय बताउछन् । स्थानीय शिक्षक खम्बा शाहीका अनुसार राजमार्ग स्तरवृद्धि भएमा स्थानीय यात्रा तथा पर्यटकलाई सजिलो हुनेछ ।