Logo

संक्रमणको जोखिममा जुम्ला,न स्वास्थ जाँच,न नाकामा कडाइ

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा देशकै उच्च रुपमा संक्रमण बढी रहेको छ । उपचारमा खटिएका चिकित्सकले संक्रमण बढीरहेको र उपचारमा कठिनाइ भएको चित्कार सरकार सामु गरिरहेका छन् । नेपालगन्जमा संक्रमण बढेसंगै सीमा नाकामा कडाई गरिएपनि कर्णाली प्रदेशका जिल्लामा भने कुनै सतर्कता अपनाइएको छैन ।
सुर्खेतपछिको संक्रमणको जोखिम रहने जुम्लामा हवाई माध्यम र स्थलगत रुपमा नियमित सयौ नागरिक भित्रिएपनि सीमा नाकामा स्वास्थ्य चेकजाँचको व्यवस्था नहुँदा संक्रमणको खतरा बढेको हो । अहिलेसम्म नत जुम्ला विमानस्थलमा हेल्थडेक्स राखिएको छ । नत सिमावर्ती बजार नाग्ममा कुनै सतर्कता छ ।
दैनिक नेपालगन्जदेखि जुम्लामा १÷२ वटा उडान भइरहेका छन् । संक्रमण बढिरहेको अबस्थामा सयौ नागरिक जुम्ला भित्रिएका छन् । तर यहाँको प्रहरी प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान, जिल्ला जनस्वास्थ्य कार्यालयले विगतको जस्तो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै तदारुक्ता देखाएको छैन् । हवाई माध्यमबाट आउने नागरिकलाई विमानस्थलमा झर्ने बित्तिकै स्वास्थ्य चेकजाँचमा कडाई गर्नुपर्ने अबस्थामा जुम्लाका सरोकारवाला निकाय यतिबेला मौन छन् ।
दोस्रो लहरको संक्रमण फैलिएसँगै जुम्ला गुठिचौरका एकजना व्यक्तिमा कोरोना संक्रमण पृष्टी भयो । दोस्रो लहरका पहिलो संक्रमित गुठिचौरका स्थानीय व्यक्ति नेपालगन्जबाटै आएका थिए । त्यसपछि पनि जुम्लामा सयौका हिसाबले नागरिक जुम्ला भित्रिदा कुनै सतर्कता अपनाइएको छैन् । जसले गर्दा संक्रमणको भय फैलिएको छ । दैनिक नेपालगन्जबाट हवाई माध्यमबाट सयौ नागरिक जुम्ला आएका छन् । भने, सयौका हिसाबले रुघाखोकी,ज्वरोका विरामी समेत उत्तिकै छन् । तर नत विमानस्थल,सिमावर्ती क्षेत्रमा चेकजाँचको व्यवस्था गरिएको छ । नत कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानले विगतकै जस्तो तिव्र रुपमा पिसिआर जाँच गरिएको छ । जस कारण भोली समुदायमै संक्रमण भयाभह रुपमा फैलिने अबस्था छ । त्यसको जिम्मेवार कसले लिने ? स्थानीयतह,जनप्रतिनिधि, प्रहरी प्रशासन वा स्वास्थ्य कार्यालय की प्रतिष्ठान ? यसको जवाफ माग्ने प्रयास गरेका छौ ।
गाउँगाउँमा आजभोली मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढिरहेका छन् । तर उनिहरूको चेकजाँचलाई कसैले पनि ध्यान दिएको छ । हवाई तथा स्थलगत रुपमा जुम्ला आउनेको संख्या बढ्दै गएपनि सरोकारवालाले सतर्कता नअपनाउँदा जोखिम बढ्दै गएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहि बताउँछन् ।
उनले भने,“नेपालगन्जबाट सिधै हवाईमार्ग भएर सयौ नागरिक जुम्ला भित्रिएका छन् । नत उनिहरूको स्वास्थ्य जाँच गरिएको छ । नत होम क्यारेन्टीनमा बस्न सम्झाईएको छ । बाहिर जिल्लाबाट आउने नागरिक सिधै घर जाने गरेका छन् । यस्तो फितलो व्यवस्थापनले जुम्ला दोस्रो लहरको संक्रमणबाट ग्रसित हुने निश्चित जस्तै छ ।”
देशभरका प्रशासन कार्यालयहरूले कोरोनाबाट बच्न बचाउन सामाजिक हितका लागि सूचना जारी गरिरहँदा जुम्ला प्रशासन भने हिजो आज मौन रहेको देखिन्छ । विगतमा कोरोना रोकथाममा सक्रिय जुम्ला प्रशासन दोस्रो लहरको संक्रमण रोक्न किन सुस्त ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दोस्रो लहरबाट संक्रमणबाट समुदाय जोगाउन प्रत्यक पालिकालेनै पालिकास्तरको आइसोलेसन बनाउने, बाहिर जिल्लाबाट आफ्नो पालिकामा कति जना आए त्यसको तथ्यांक स्वयम् पालिकालेनै राख्ने निर्णय भएको बताए ।
हवाईमार्ग तथा स्थलगत रुपमा आउने नागरिकको स्वास्थ्य जाँच नभएकोले संक्रमणको खतरा बढेको छ । प्रजिअ थापाले भने,“विमानस्थल र नाग्म बजारमा हेल्थ डेक्स तत्तकाल संचालन गर्न जरुरी छ । त्यसका लागि पहल पनि गर्छु ।” तर जिल्ला विपद व्यवस्थापनको बैठकले संक्रमण जोगिन प्रत्यक पालिकालेनै उच्च सतर्कता अपनाउने निर्णय भएकोले कार्यान्वयन भएनभएको खोजी गर्नुपर्ने उनको भनाइ छ ।
साथै आइतबार जुम्ला सदरमुकाम खलंगामा डिएसपी दानबहादुर थापाको अगुवाईमा मास्क अनिवार्य लगाउन, कोरोनाबाट बच्न सचेतना सहितको अभियान चलाइएको थियो । डिएसपी थापाले मास्क नलगाएकाहरूलाई अनिवार्य मास्क लगाउन सम्झाउदै मास्क समेत वितरण नगरेका थिए । स्थानीय डिएसपी थापाको जस्तै अभियान सबै निकायले गर्नुपर्ने बताउँछन् ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने विगतको तुलनामा निकै कम पिसिआर जाँच गरिएको छ । सयौका हिसाबले ज्वरोका विरामी भईरहँदा,सयौ नागरिक बाहिर जिल्लाबाट आइरहँदा रहँदा उति रफ्तारमा पिसिआर नहुनुमा स्वयम नागरिक वा प्रतिष्ठानको ढिलासुस्ती के हो यस खोजीकै विषय हो ।
तर वितको एक हप्तामा गरिएको पीसीआर जाँचमा गुठिचौरका एजना व्यक्तिमा कोरोना संक्रमण देखाएको प्रतिष्ठानका पिसिआर जाँच ईन्चार्ज मान बहादुर बुढाले बताउनुभयो । उनले भने,“गएको शुक्रबार ८ जनाको पिसिआर जाँच गदैमा सकैलाई पोजेटिभ देखाएनन् । त्यसपछि शनिबार, आइतबार पनि जाँच नभएको र सिधै सोमबारबाट नियमति पीसीआर जाँच हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्