शीतलहरबाट २१ जनाको मृत्यु «

शीतलहरबाट २१ जनाको मृत्यु

चीसो तथा शीतलहरबाट देशका विभिन्न स्थानमा २१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक साताको अवधिमा सप्तरी, रौतहट, पर्सा, बाँके, मोरङ लगायत जिल्लामा शीतलहर तथा चीसोले कठाङ्ग्रिएर २१ जनाको ज्यान गएको हो ।

 प्रकोप नियन्त्रण तथा रोकथाममा सरकारी पहल पर्याप्त नहुँदा चीसो र शीतलहर प्रभावितको संख्या दैनिक रुपमा बढ्दो क्रममा छ । १ साताको अवधिमा शीतलहरबाट सप्तरी, रौतहट र पर्साका विपन्न परिवार बढी प्रभावित भएको प्रहरीले जनाएको छ । चीसोले कठ्याङ्ग्रीएर सप्तरीमा ८ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रौतहटमा ७, पर्सामा ३, बाँकेमा २ र मोरङमा १ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले तराई–मधेसका २२ जिल्लामा चिसो तथा शीतलहर रोकथामका लागि दाउरा, कम्बल तथा अन्य लत्ताकपडा किन्न स्थानीय प्रशासनमार्फत २ करोड २० लाख विनियोजन गरेको जनाएको छ । मंगलबार मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गएको वर्षायाममा बाढी, डुबान तथा पहिरो तथा शीतलहर पीडित करिब ४१ हजार परिवारका लागि आवास मर्मत र लत्ताकपडा किन्न १ अर्ब ४ करोड ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नरायण शर्मा दुवाडीले चिसो तथा शीतलहर नियनत्रणमा स्थानीय प्रशासन र अन्य सरकारी निकायमार्फत रोकथाम र नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । न्यानो कार्यक्रममा सहयोग गर्न गृह मन्त्रालयले सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस सोसाइटी, टिम्बर कर्पोरेसन नेपाल लगायत सरकारी, निजी तथा गैरसरकारी संघसंस्थाहरुलाई समेत सहभागी हुन आग्रह गरिसकेको छ । गत वर्ष पनि शीतलहर र चिसोबाट ५ दर्जन भन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए ।

शीतलहरबाट २१ जनाको मृत्युमातृका दाहालकाठमाडौं, २६ पुस

अर्जुन पोखरेल : सप्तकोसी नगरपालिका–१ (सप्तरी)

पार्वती मण्डल: कंकालिनी नगरपालिका–१ (सप्तरी)

भुटनीदेवी यादवः तिरहुत गाउँपालिका १ (सप्तरी)

प्रेमबहादुर माझी: खडक नगरपालिका–७ (सप्तरी)

लखन ठाकुर: कृष्णासवरन गाउँपालिका–४ (सप्तरी)

मुसहर चौधरी:खडक नगरपालिका–८ मुसरनिया (सप्तरी) 

नारायण मुखिया: तिलाठी–कोइलाडी गाउँपालिका–४ (सप्तरीड

बेचन शेख: कञ्चनरुप नगरपालिका–२ (सप्तरी)

सियादेवी ठाकुर : यमुनामाई गाउँपालिका–५ बेलनपुर (रौतहट

भिक्षु ठाकुर: गढीमाई नगरपालिका–७ नधाडी (रौतहट)

नसुरुल्ला खातुन: परोहा नगरपालिका–९ रामपुर (रौतहट)

मरछियादेवी राउत र शेख समीमः  परोहा नगरपालिका–९ (रौतहट)

महर्जन ठाकुर हजाम: गढीमाई नगरपालिका–४ (रौतहट) 

नेक मोहम्मद मन्सुरी: यमुनामाई गाउँपालिका–३ (रौतहट) ड्ड करिङ थारु ः कोहलपुर नगरपालीका–५ बेलनपुर (बाँके)

नन्दबहदुर बोगटी :कोहलपुर नगरपालीका–५ बेलनपुर (बाँके)

शम्भु चमार र कमल खवास :जिराभवानी गाउँपालिका–१ (पर्सा)

इसा मियाँ : बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी (पर्सा)

आशा सरदार: कटहरी गाउँपालिका–५ (मोरङ)

प्रतिक्रिया दिनुहोस्