पूर्णिमाश्रेष्ठको टोली धौलागिरि हिमालको आरोहण गर्न बेसक्याममा «

पूर्णिमाश्रेष्ठको टोली धौलागिरि हिमालको आरोहण गर्न बेसक्याममा

कारोबारकर्मी पूर्णिमा श्रेष्ठसहित चार नेपाली महिला धौलागिरि हिमालको सफल आरोहण गर्न बेसक्याममा पुगेका छन् । सोमबार श्रेष्ठसहितको टोली हिमाल आराहेण गर्न धौलागिरि गाउँपालिका– ७ ताकमबाट हेलिकप्टरमार्फत बेसक्याममा पुगेका हुन् ।  
म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालमा नेपाली महिलाहरूले कीर्तिमानी कायम गर्नका लागि हालै अन्नपूर्ण हिमालमा नेपाली महिलाहरूको तर्फबाट पहिलो पटक आरोहण गर्न सफल टोलीले आरोहण गर्न लागेका हुन् । 
नेपालमा ८ हजारभन्दा अग्लो धौलागिरि हिमालमा अहिल्यसम्म नेपाली महिलाहरूले सफल आरोहण गर्न सकेका छैनन् । हालै अन्नपूर्ण गाउँपालिका–५ नारच्याङ अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्न सफल गोरखाकी पूर्णिमा श्रेष्ठसहित माया शेर्पा, डाबुटी शेर्पा, पासाङ ल्हामु शेर्पाको टोली आरोहण गर्नका लागि सोमबार धौलागिरी बेसक्यापतर्फ लागेका हुन् । 
४ जना महिला आरोही सवारीसाधन हँुदै धौवलागिरि गाउँपालिका–७ ताकमबाट  सोमबार हेलिकप्टरमार्फत धौलागिरिको आधार शिविरमा पुगेका छन् । सेभेन समिट टे«कमार्फत महिला आरोहीहरूले धौलागिरी हिमालको चुचुरोमा पुगेर कीर्तिमानी राख्न लागेका हुन् । 
एक साताभित्रै ८ हजार १ सय ६७ मिटर अग्लो हिमाल आरोहण गरेर फर्किने टोलीको लक्ष रहेको आरोहण दलकी सदस्य श्रेष्ठले फोनमा जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्