Logo

संयुक्त राष्ट्र संघले गरेको योगदान पुस्तकमा

युएन एसोसिएशन अफ नेपालले संयुक्त राष्ट्र संघले नेपालमा पुर्याएको योगदानबारेको पुस्तक सार्वजनिक गरेको छ ।
विदेश सचिव, पूर्व विदेश सचिव, पूर्व राजदूत, शिक्षाविद् र बुद्धिजीवी जस्ता प्रतिष्ठित व्यक्तित्वहरुका २५ लेखरचना रहेको “नेपालको विदेश नीति र संयुक्त राष्ट्र“ भन्ने पुस्तक सार्वजनिक भएको हो । पुस्तकको लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राष्ट्रसँगको लामो साझेदारी रहेको तथा नेपाल र विश्व निकायबीच बहुआयामिक सम्बन्ध रहेको बताउँदै सरकारले यसलाई निरन्तरता दिईरहेको बताए ।
परराष्ट्र सचिव भरतराज पौड्यालले दिगो विकास, जलवायु परिवर्तन र विकासका लागि आर्थिक सहयोग सम्बन्धी मुद्दाहरूको सामना गर्न राष्ट्र संघको उत्प्रेरक भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा एशोसियसनका अध्यक्ष प्रा.डा. वीर थापा, सह–अध्यक्ष राधेश पन्त, पूर्व राजदूत प्रोफेसर डा. मोहन पी लोहानी, दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चलनाथ पाण्डे लगायतले पुस्तक संयुक्त राष्ट्र संघले नेपालमा दिएको योगदान र आगामी अवस्थाबारे पुस्तकले चिरफार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्