Logo

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न प्रतिबद्धता

गुल्मीको मालिका गाउँपालिकाले दोस्रो चौमासिक समीक्षा गोष्ठीमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्धता गरेको छ ।

गाउँपालिकाले गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापा, उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले सामूहिक प्रतिबद्धता गरेको गाउँपालिकाले जनाएको छ ।

“हामीहरू गाउँपालिकाले निर्माण गरेका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्ध छौँ,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “गाउँपालिकाले गर्ने हरेक त्रियाकलापमा हामीहरू मन, वचन र कर्मले लाग्ने प्रतिबद्धसहित प्रतिबद्धता पत्र जाहेर गरेका हौं ।” गाउँपालिकाले १० बुँदे प्रतिबद्धता पत्र जाहेर गरेको हो ।

‘म मालिका गाउँपालिकाले बनाएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उत्तरदायी, जवाफदेही प्रण तरिकाले प्रतिबद्ध रहने छु ।’ ‘गाउँपालिकाको सर्वाङ्कीण विकासका लागि आवश्यक नीति तथा कार्यक्रममको तर्जुमा कार्यान्वयन अनुगमन र मूल्याङ्कनमा मेरो भूमिकालाई पहिचान गरी अर्थपूर्ण कामयावी र हस्तक्षेपकारी रूपमा उपस्थित जनाउने छु ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।‘मेरो भूमिकालाई गाउँपालिकाको समृद्ध र विकासमा सकारात्मक सृजनशील र रचनात्मक हुने गरी प्रयोग गर्नेछु ।’ ‘विद्यमान समयमा देखिएको कोभिड–१९ महामारीको व्यवस्थापनमा मेरो भूमिकालाई सम्मानित रूपमा सक्रिय पारी परिवार टोल समाजलाई समेत सुरक्षित राख्ने छु । गाउँपालिकाले तय गरेको कोभिड–१९ को व्यवस्थापन कार्यक्रमको कार्यान्वयमा उत्तरदायी र जवाफदेही रहने छु ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

‘समृद्ध मालिका र खुसी मालिका बासीको अवधरणालाई ध्यानमा राखी सुशासन कायम गर्न पारदर्शी रूपमा सम्पूर्ण गतिविधि र क्रियाकलापलाई सञ्चालन गरी नागरिकको सन्तुष्टिमा केन्द्रित रहने छु ।’ ‘योजना तथा कार्यक्रमको कार्यान्वयमा हुन सक्ने सम्भावित अनियमितताको पूर्ववत् रुपमा  पहिचान गरी प्रभावित र दिगो रुपमा कार्यान्वयको लागी सक्रिय रहनेछु ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । ‘मेरो परिवार मेरो टोल मेरो समुदाय मेरो समाजभित्र रहेका परम्परागत सोच अन्धविश्वास मदिरा सेवन मुद्दा मामिला लगायतका कुरुतिलाई अन्त्य गर्नका लागि मेरो भूमिकालाई सक्रिय पार्दै सदाचारयुक्त समाज निर्माण गर्नेछु ।’ ‘गाउँपालिकाभित्रका विकासका सम्भावनाको पहिचान र कार्यान्वयमा आवश्यकता अनुसार सम्बन्धित पक्षसँग अन्तरक्रिया गर्नेछु ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

‘सुविधा वञ्चित नागरिक, वर्ग र समुदायको आधारभूत खाद्य सुरक्षाको सुनिश्चितता साथै सुरक्षित आवास र न्यूनतम रोजगारीको माध्यमबाट  सामाजिक न्यायको सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणमा कार्य गर्नेछु ।’ ‘मेरो गाउँपालिकाको सार्वजनिक सम्पत्तिको रक्षा प्राकृतिक स्रोत र साधनको दिगो प्रयोगलाई ध्यान दिई सचेत, जिम्मेवारी र उत्तरदायीपूर्ण नागरिकको भूमिका निर्वाह गर्नेछु ।’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीले गरेको सामुहिक प्रतिबद्धता पत्रमा प्रतिबद्धताहरू मन वचन र कर्मले पूर्णरूपमा कार्यान्वयन गर्नेछौं भनी हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्