Logo

सुपारी आयातमा व्यापारीले प्रलोभनमा पारेको आरोप

सभाको दिगो विकास तथा सुशासन समितिले सुपारीको आयातमा सरकारलाई व्यापारीहरुले प्रलोभनमा पारेको बताएको छ ।
सुपारी आयात सम्बन्धमा भएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न गठित ५ सदस्यीय उपसमितिको सोमबारको बैठकमा मन्त्री र सचिवलाई बोलाइएपनि कनिष्ठ कर्मचारी पठाएपछि सुपारी आयातमा नीतिगत अनियमितता भएको आशंका गरेको हो । उपसमितिका संयोजक रमेशजंग रायमाझीले देशभर १० हजार मेट्रिक टन सुपारी खपत हुने तर मन्त्रिपरिषद्बाट २५ हजार मेट्रिक टन आयात गर्न दिने नीतिगत निर्णय भएपछि सरकार व्यापारीको प्रलोभनमा परेको हुनसक्ने आशंका रहेको बताए ।
उनले मन्त्रालयले सुपारी आयात गर्न दिइएको तथ्यांक र नीतिगत निर्णयको सक्कल फाइलसहित वैशाख १५ गते बस्ने उपसमितिको बैठकमा उपस्थित हुन सम्बन्धित मन्त्री र सचिवलाई बोलाएको छ । बैठकमा नीतिगत निर्णयको फाइल र आयात गर्न स्वीकृति दिएको व्यापारीहरुको लिस्ट माग गरिएको संयोजक रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्