सर्लाहीमा कोरोना जाँचका लागि ३६ जनाको स्वाब संकलन
सर्लाहीको मंलगवामा कोरोना भाइरसको परीक्षणका लागि कोरोना लागि आइतबार ३६ जनाको स्वाब संकलन गरिएको छ । मंलगवामा कोरोना भाइरसको परीक्षणका लागि कोरोना लागि आइतबार ३६ जनाको स्वाब संकलन गरिएको छ ।
मलंगवा नगरपालिका–३ निवासी ४२ वर्षीय पुरुषका गएको वैशाख ८ गते गम्भीर बिरामी परेर वीरगन्ज उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई मृत्यु भएपछि उनकोे परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको स्वाब लिइएको हो ।
थ्रोट स्वाब लिइएका सबै जनाको किटमार्फत एन्टिजेन विधिबाट समेत कोरोना परीक्षण गर्दा एक जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । एन्टिजेन पोजिटिभ आएका र अरु समेत गरी ३६ जनाकै स्वाब पीसीआर परीक्षण गरी कन्फर्म हुन आइतबार दिउँसो नै वीरगन्ज पठाइएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले बताए ।
दोस्रो चरणमा कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा आइतबार पहिलो पटक स्वाब संकलन भएको हो । स्वाब संकलन गरिएका सबै जनालाई सेल्फ क्वारेन्टिनमा बस्न भनिएको नायकले बताए ।
कोरोना संक्रमणबाट जिल्लामा चार दिनको अवधीमा २ जनाले ज्यान गुमाइसकेका छन् । वैशाख ८ गते मलंगवामा एक जना र शनिवार रामनगर गाउँपालिकामा ३२ वर्षीय अर्का एक जना पुरुषको ज्यान गएको हो ।