Logo

हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवा सुरु

हिमालयन बैंकले एससिटी युनियनपे कार्ड सेवा सुरु गरेको छ । हिमानयन बैंक र युनियनपेको सहकार्यमा यो सेवा सुरु भएको हो । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ ।
विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायका लागि भारत जानेका लागि उक्त कार्डबाट भुक्तानी सहज हुने बताइएको छ । निकट भविष्यमा बैंकसँगको सहकार्यमा त्यस कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुने युनियनपेले जनाएको छ ।
हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनितिक साझेदार भएर सन् २०१० देखि सञ्चालनमा रहेको छ । उक्त कार्ड बैंकले सन् २०१४ देखि नै जारी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्