नेपाल लाइफको नयाँ बिमा योजना सार्वजनिक «

नेपाल लाइफको नयाँ बिमा योजना सार्वजनिक

नेपाल लाइफले ‘नेपाल लाइफ सदाबहार’ नामक अग्रिम तथा आजीवन भुक्तानी विशेषतासहितको बिमा योजना ल्याएको हो । प्रत्येक वर्ष बिमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नुको साथै आजीवन जोखिम वहन गर्नु तथा बिमा अवधि पश्चात पनि सम्पूर्ण गर्न सक्नु योजनाको विशेषता रहेको कम्पनीले जनाएको छ ।
न्यूनतम बिमांक २ लाख कायम गरिएको छ । अधिकतम बिमांक् आयस्रोतको आधारमा जति पनि गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाका लागि न्यूनतम प्रवेश उमेर ११ वर्ष र अधिकतम प्रवेश उमेर ६५ वर्ष कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्