खुकुरी नेपाल सुपर लिग २०२१ वल्र्डलिंकले पनि प्रसारण गर्ने «

खुकुरी नेपाल सुपर लिग २०२१ वल्र्डलिंकले पनि प्रसारण गर्ने

वल्र्डलिंक कम्युनिकेशन्स ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । वल्र्डलिंक्ले सञ्चालन गरेको सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।
वल्र्डलिंक कम्युनिकेशन्सका निर्देशक मनोज अग्रवालले फुटबलको प्रत्यक्ष प्रसारणमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने बताइएको छ । कोरोना महामारीका कारण दर्शकले भौतिक रुपमा उपस्थित भएर खेल हेर्न नपाए पनि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भने हेर्न पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्