बजाजको नयाँ शोरूम बल्खुमा «

बजाजको नयाँ शोरूम बल्खुमा

नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बल्खुमा नयाँ शोरूम आरएस अटोहब प्रालिको सुरूवात गरेको छ ।
बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरूम सञ्चालनमा ल्याएको हो । बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरूमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताइएको छ ।
नयाँ शोरूमको उद्घाटन गर्दै गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको सन्तुष्टीलाई प्राथमिकतामा राखेर कम्पनीले सेवा दिने बताए ।

प्रतिक्रिया दिनुहोस्