Logo

साथीमार्टको पब्लिक कम्पनी बन्ने योजना

साथीमार्टले १५ करोड बराबरको संस्थापक सेयर वृद्धि गर्दै कुल चुक्ता पुँजी २५ करोड पु-याउने लक्ष्य राखेको छ । संस्थापक सेयर फ्रेन्चाइज पार्टनर तथा आन्तरिक टिमबाट परिपूर्ति गनिने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।
सेयर वृद्धि कम्पनीको टिम, टेक्नोलोजी, उत्पादन, सप्लाई चेन, स्टक, अनलाइन सपिङ, एफिलियट सिस्टम व्यवस्थापन र सुधार तथा आक्रामक बजार बिस्तारका लागि गरिने बताइएको छ ।
हाल न्यूनतम भ्यालुएसनमै १०० रुपैयाँ प्रति कित्ताको दरले १५ लाख कित्ता वृद्धि गरी पुँजी बढाउने निर्णय कम्पनीले गरेको छ । यसपछि संस्थापक सेयर बन्द हुने र कम्पनी पब्लिक बनाई आईपीओमा जाने पोख्रेलको बताए ।
कम्पनीले हाल ७० भन्दा बढी रिटेल स्टोर सञ्चालन गरेको छ भने आगामी दिनमा नेपालमै पहिलो पटक ओटुओ कर्मससहितको अनलाइन सपिङ नेपालभर सुरु गर्दैछ । यसैगरी तीन वर्षभित्र १० लाख भन्दा बढी युवालाई साथी स्टार्टअप योजनाअन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा दुई अर्बको टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०÷०८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्