जगदम्बा मोटर्सद्वारा भर्चुअल लञ्चमार्फत प्रोटोन एक्स ७० सार्वजनिक गर्ने «

जगदम्बा मोटर्सद्वारा भर्चुअल लञ्चमार्फत प्रोटोन एक्स ७० सार्वजनिक गर्ने

जगदम्बा मोटर्सले प्रोटोनको नयाँ मोडल ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ । यही वैशाख १५ गते अप्रिल २८ मा भर्चुअल माध्यमबाट सो मोडलको गाडी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
भर्चुअल लञ्च कार्यक्रम सोही दिन साँझ ४ बजे प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रसारण गर्ने कम्पनीको भनाइ छ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीलाई विभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको जनाएको छ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो यसले १९८५ मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यस पश्चात विभिन्न मोडलहरु स्वदेशी तथा विदेशी बजारमा बिक्री–वितरण गर्दै आएको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा उपलब्ध रहेका छन् । यसले आफ्नो प्रथम एस्युभी प्रोटोन एक्स७० भने मलेशियामा सर्वप्रथम २०१८ मा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्