Logo

जुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

जुम्लामा दुई दिनदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । शुक्रबारदेखि अवरुद्ध भएको इन्टरनेट र फोन सेवा सुचारु नहुँदा उपभोक्ता मारमा परेका हुन् ।
फोनमा पनि कुरा नबुझिने, आवाज स्पष्ट नआउने समस्या रहेको छ । वैशाख महिनादेखि क्षमता बिस्तार गरेर नेपाल टेलिकमले सेवा प्रभावकारी बनाउने भनिएपनि अवस्था सुध्रिएको छैन ।
महिनै पिच्छे सञ्चार सेवा अवरुद्ध हुने जुम्लामा नागरिकले नेपाल टेलिकमबाट सेवा भन्दा बढी सास्ती पाएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले सदरमुकाम नजिकै रहेको रिपिटर टावरमा समस्या आएकाले सेवा अवरुद्ध भएको बताए । उनले मर्मत कार्य जारी रहेपनि सुधार भइनसकेको बताए ।
जुम्लामा जम्मा ४ सय ८९ एमबीपीएस मात्रै क्षामता भएको र ग्राहक क्षमता भन्दा दोब्बरले बढी भएकाले समस्या हुने गरेको छ । तर पछिल्लो समय हिमपात र वर्षातका कारण टान्समिसनमा आएको खराबीले इन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्