Logo

विवाहको उपहार : १० लाखको बिमा पोलीसी

इलाम- विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जिवनकै अमुल्य उपहारका रुपमा बिमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका वरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले भर्खरै आफ्नी सालीलाई १० लाखको बिमा पोलिसी उपहार दिएका छन् । झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीलाई बचत र सुरक्षाका लागि महत्वपूर्ण भएकाले बिमा पोलिसी हस्तान्तरण गरेको बताए । उनले भने, “गाग्री र परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर पोलिसी दिएको हुँ ।”
पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफूले पनि सो उपहार दिएको उनले बताए । “आजभोली ओइलाएर जाने फूलको बुके होइन जीवन नै हराबरा बनाउने बिमा पोलिसी उपहार दिनु आवश्यक छ” कुँवरले भने ।
यो नौलो र उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रबन्धक गुञ्जन थापाले बताए । कुँवरद्वारा उपहार स्वरुप महालक्ष्मी सावधिक बिमा पोलिसी बापत १० लाख रुपैयाँ बराबरको पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ ।
जसरी विवाहलाई जिवनको एउटा कर्म मानिन्छ उसैगरी बिमालाई समेत बुझ्नु पर्ने मान्यता स्वरुप सो पोलिसी हस्तान्तरण गरिएको वरिष्ठ एजेन्सी मेनेजर कुँवर बताउँछन् । जिवनका यस्ता महत्वपूर्ण शुभ कार्यमा जिवन बिमा नै एक सहि उपहार साबित होस् भनेर अभियान नै सञ्चालन हुनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्