ओप्पो आर१७ प्रो डिसेम्बर १५ देखि नेपालमा उपलब्ध हुने «

ओप्पो आर१७ प्रो डिसेम्बर १५ देखि नेपालमा उपलब्ध हुने

सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले आधिकारिक रूपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर–सिरिजको सुरुवात नयाँ स्मार्टफोन ओप्पो आर१७ प्रोमार्फत गर्ने भन्दै नेपालमा आर१७ प्रोको विक्रिको सुरुवात नजिकिँदै गरेको क्रिसमस तथा न्यू–इयरको अवसर पारेर डिसेम्बर १५ मा गरिने कम्पनीले जानकारी दिएको छ ।
आर१७ प्रोमार्फत आफ्ना उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्बिर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य छ । आफ्नो पहिलो क्यामेरा फोनदेखि नै ओप्पोले आफ्ना विश्वभरका उपभोक्तालाई उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दै आइरहेको छ । अब आफ्नो आर१७ प्रोमा रहेको अल्ट्रा नाइट मोडद्वारा प्रचलित‘सिज द नाइट’मार्फत थप युवाहरुको लोकप्रिय स्मार्टफोन बन्ने आफ्नो प्रतिबद्धता पूरा गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्