Logo

३ वर्षदेखि बाटोमै बास

सेतो, कालो फुलेको कपाल, हातमा घडी, ठड्डिएको लौरो, न्यानो ज्याकेट, पछाडि निगालोले बुनेको डोको, अन्य कट्टा, बाटोको छेउमा बिछ्याईएको ओछ्यान ।
उनी एक वृद्ध हुन्, मुगुम कार्मारोङ गाउँपालिका–९ छाइलका बलरुप बूढा । उमेरले ६० नाघे । यतिका वर्ष पुग्दा केही वर्ष घरमै बास बित्यो पछि उनको बास घरमा बस्ने कुरा त परै जावस ३ वर्षदेखि बाटोमै बास रह्यो छ ।
उनी बाटोमै बास बस्नको कारण यो छ कि बुढाका आफन्त घर परिवारको सबैको केही बर्ष पहिला निधन भएको र गाँउलेले श्रीसम्पति सबै आफै उब्बजनि गरि खादै आएको उनले सुनाए ।
उनले भने घरको सम्पति त खान पाइएन राज्य बाट पाउने सेवा सुविधा सामाजिक सुरक्षा भत्तालगायतका सेवा बाट पाउन बञ्चित भएको वृद्ध बुढाले आफ्नो अनुभव सुनाएका छन् ।
नेपाली नागरिकताको प्रमाणपत्र नहुनु, आफन्त घर परिवार, छरछिमेकलाई नागरिकता प्रयास नगरेकाले सरकारी सहायता पाउन नसकेका हुन् । उनी भन्छन्, ‘अहिले म सँग कोही पनि छैन, म एक्लै छु, एक गास खान पनि आफ्नाले हात खेलिदिएमा खानसक्छु । उनी एक ठाउँबाट अर्को ठाउँसम्म हिँड्न डुल्न सक्दैनन् शरीरको तल्लो भाग पूरै चलाउन सक्दैन, ओछ्यानमै बास, दिशा पिसाव पनि यसैमा हुने गरेको बताएका छन् ।
जुम्लाबाट मुगुको छाइल बजारमा ब्यापार, ब्यवसाय गर्दै आइरहेका व्यापारी कन्य भण्डारीले अक्कल झुक्कल खाना दिने गरेको बताए । धेरै जसो आफू कामको व्यास्त हुन्छ कहीलेकाही भोकाएपछि कराएको आवाज सुर्नेपछि भात र अन्य खाने कुरा दिने गरेको छु ।
सहयोगका लागि हात जोड्दै ।
पीडित वृद्ध बुढालाई उद्धारका लागि यहाका स्थानीय सरकारसँगै तीनै तहका सरकार लाई माग गरेका छन् ।
३ वर्ष बाटोमै दिन बिताइयो अब कसैले दया मानेर उद्धार गरी दिए भने मेरो जीवनमा परिवर्तन आउने थियो उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्