इजिलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंकबीच सम्झौता «

इजिलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं- जापान, दक्षिण कोरिया, साइप्रसलगायत विश्वका बिभिन्न देशबाट नेपाल रेमिट्यान्स सेवा दिँदै आएको विश्वासिलो रेमिट्यान्स कम्पनीका रूपमा परिचित इजिलिंक रेमिट्यान्सले कामना सेवा विकास बैंकसँग रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा इजिलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, प्रबन्ध निर्देशक दीपेन्द्र खनाल र कामना सेवा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविन बस्ने, डिपोजिट तथा ट्रान्ज्येक्सन बैंकिङ प्रमुख सुबास भट्टराईले संयुक्त रूपमा हस्ताक्षर गरे ।
इजिलिंक रेमिट्यान्सले विगत लामो समयदेखि विश्वका विभिन्न मुलुकहरूबाट नेपालमा रेमिट्यान्स भिœयाइरहेको छ । सम्झौतापछि इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले कामना सेवा बैंकसँगको रेमिट्यान्स भुक्तानी सम्झौताले नेपाली दाजुभाइ दिदीबहिनीहरूले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु¥याउन थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सेवा दिँदै अझ सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका साथै निजी कम्पनीहरूसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तीव्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भिœयाउन तीव्र रूपमा अघि बढिरहेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्